सोलुखुम्बु। जिल्लाको काँगेलडाँडा विमानस्थल सात वर्षदेखि प्रयोगविहीन अवस्थामा छ। सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–२ स्थित विमानस्थल सात वर्षदेखि प्रयोग विहिन भएको हो।
२०५२ सालमा करोडौँ लगानीमा निर्माण गरिएको विमानस्थलमा २०७२ सालपछि उडान तथा अवतरण ठप्प बनेको हो। लामो समय प्रयोगविहीन भएसँगै विमानस्थल अहिले गौचरणमा परिणत भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार प्राविधिक हिसाबले विमानस्थल निर्माण नै त्रुटिपूर्ण रहेकाले मर्मत नगरी सञ्चालन गर्नसक्ने अवस्था नरहेको हो।
२०५२ मा निर्माण सुरु भएको विमानस्थलमा २०६२।६३ देखि उडान सेवा सुरु भएको थियो । २०७२ सम्म नेपाल एयरलाइन्स र तारा एयरले उडान भर्दै आएको विमानस्थलमा त्यसपछि उडान बन्द भएको थियो।