काठमाडौं। उपप्रधानमन्त्रीएवं उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री राजेन्द्रप्रसाद लिङ्देनले गुणस्तरीय निर्माणका लागि आयोजना प्रमुखलाई नै आयोजना प्रति जिम्मेवार बनाउनु पर्ने धारणाव्यक्त गरेका छन्। निर्माणउद्योगको पछिल्लो समस्या र समाधानका उपायबारे जानकारी गराउनपुगेको नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा उपप्रधानमन्त्री लिङ्देनले उक्त धारणा व्यक्त गरेका हुन्।
सबै निर्माणव्यवसायीले काम पाउनु पर्छ भन्ने मान्यता राख्दै उपप्रधानमन्त्री लिङ्देनले क्रसर उद्योग संचालनका कारण निर्माण उद्योगमा देखिएको समस्या चाँडै समाधान हुने जानकारी दिए। महासंघका अध्यक्ष रवि सिंहले क्रसर उद्योग संचालनमा देखिएको समस्याले निर्माणकार्य ठप्प रहेको बताए। निरन्तरको मूल्यवृद्धिका कारण थलिएको निर्माण उद्योगलाई चलायमान बनाउन सार्वजनिक खरिद ऐन तथा नियमावलीमा व्यवस्था भएबमोजिम बीस प्रतिशत मोबिलाइजेशन पेश्कीव्यवसायीले पाउनु पर्ने अध्यक्ष सिंहले बताए ।
व्यवसायीहरूको ठूलो रकमभुक्तानी नहुँदा सप्लाई चेनमै गम्भीर समस्या देखिएका ेप्रतिअध्यक्ष सिंहले उपप्रधानमन्त्री लिङ्देनको ध्यानाकर्षण गराए । निर्माणाधीन आयोजनाहरू सम्पन्न भएपछि मात्र नयाँ आयोजनाको ठेक्का लगाउन र पाँच प्याकेजको व्यवस्थालाई अझ व्यवस्थित बनाउन अध्यक्ष सिंहले आग्रह गरे। महासंघका वरिष्ठ उपाध्यक्ष आङदोर्जी लामा(ए.डी.) ले व्यवसायीहरूले भुक्तानी पाएमा त्यसको फाइदा राज्यलाई नै हुने तर्क राखे । महासंघका महासचिव रोशन दाहालले रकमान्तर गरेर भएपनि भुक्तानीको समस्या समाधान गर्नुपर्ने बताउए । महासंघ प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री लिङ्देनको सफल कार्यकालका लागि शुभकामना पनि व्यक्त गरेको छ । महासंघ प्रतिनिधि मण्डलमा महासंघ अध्यक्ष रवि सिंह, वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी.), महासचिव रोशनदाहाल, महासंघ कार्य समिति सदस्यहरू दानबहादुर खड्का, उज्जवलगौतम, यज्ञबहादुर खत्री, सुशीलकुमार श्रेष्ठ र कार्यालय प्रमुख प्रेमसिंह ऐर रहेका थिए।