काठमाडौं। बर्दियाको पशुपतिनगर स्थित केरुवा गाउँपालिकाले शहिद स्मार्ट पार्क निर्माण गर्ने भएको भएको छ। सो गाउँपालिकाले सहिदको सम्झनामा उक्त पार्क निर्माण गर्न लागेको हो। सो पार्क पर्यटकलाई लक्षित गरेर बनाउन लागिएको हो। केरुवा गाउँपालिकाको ओखरियामा शहिद स्मार्ट पार्क बन्ने भएको छ। सहिदहरुलाई सम्मान गर्ने हेतुले शहिद पार्क निर्माणको योजनालाई अगाडी सारिएको हो।
सो क्षेत्रमा सहिद स्मार्ट पार्क आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी बनाइने भएको छ। पार्क निर्माण भएपश्चात पर्यटकको संख्या बढ्ने गाउँपालिकाको विश्वास रहेको छ। शहिद पार्क निर्माण भएपछि केरुवा गाउँपालिकाको सौन्दर्यता पनि बढ्ने छ। त्यस्तै शहिद पार्क निर्माणले शदिहरुको सम्मानका साथै जिल्लाकै शान पनि बढाउने भएको छ। गाउँपालिकाले पार्क निमार्ण गर्नको लागि स्काई–के.डी.एन–राजन जेभीलाई ठेक्का दिइसकेको जानकारी गराएको छ। अब छिट्टै पार्क निर्माणको कार्यलाई अगाडी बढाउने कुरा निर्माण कम्पनीले जानकारी गराएको छ।