दाङ। दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा सीता एयरले परीक्षण उडान गरेको छ। सीता एयरको ९ एन–एजेएच जहाजले शुक्रबार साढे १ बजेतिर टरिगाउँ विमानस्थलमा काठमाडौंबाट दाङका लागि पहिलो उडान गरेको हो।
पहिलो चरणको परीक्षण उडानसँगै सीताले नियमित उडानको तयारी गरेको छ। हप्तामा एक उडान दाङ–काठमाडौं रुटमा गर्ने तयारी छ ।
सीता एयरले अबको हप्तादेखि १० दिन भित्र व्यावसायिक उडान सुरु गर्ने जानकारी दिएको छ। हप्तामा एकदिन उडान गरी सुरु गर्ने र यात्रुको माग अनुसार उडानको तालिका र समय थप्दै जाने योजना रहेको बताइएको छ।