काठमाडौं । चित्लाङ–थानकोट सडक आगामी कात्तिक २८ गतेदेखि पूर्णरूपमा बन्द हुने भएको छ । दशैं अघिबाट पुनः सञ्चालन गरिएको सडक आगामी कात्तिक २८ गतेदेखि बन्द हुने भएको हो ।
कात्तिक २६ गतेदेखि सडक निर्माणको काम पुनः सुरु गर्ने र कात्तिक २८ गतेदेखि पूर्णरूपमा सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको चित्लाङ–चन्द्रागिरि–थानकोट सडक निर्माण सरोकार समितिले जनाएको छ ।
अब अर्को सूचना नभएसम्मका कुनै पनि सवारी आवागमन पूर्णरूपमा बन्द हुने समितिले जनाएको छ ।
चित्लाङ थानकोट सडकअन्तर्गत थानकोट–चन्द्रागिरि खण्डको ठेक्काको म्याद आगामी चैतदेखि सकिने हुँदा तोकिएको म्यादभित्र काम सक्न चाडबाड सकिने बित्तिकै निर्माण कार्य शुरु गर्न लागिएको हो ।