रुकुमपश्चिम। रुकुमपश्चिमको आठबीसकोट नगरपालिका –२ को साजेबगरमा एक्स्काभेटर दुर्घटना भएको छ ।
दुर्घटनामा परेर एक्स्काभेटर चालक (अपरेटर) सरोज चौधरी घाइते भएका छन् ।
घाइते चौधरीको अवस्था सामान्य रहेको आठबीसकोट नगरपालिकाका प्रमुख रबी केसीले जानकारी दिए। उनको नगर अस्पताल राडीमा उपचार भइरहेको छ। घाइते चौधरीको टाउको, घाँटी, कान लगायत शरीरका विभिन्न अङ्गमा चोट लागेको छ ।
साजेबगरदेखि पहाडागाउँ हुँदै काँडादह जोड्ने सडक निर्माणका क्रममा सडक भासिएर हुन्डाइको एक्स्काभेटर पल्टिएको हो । डोजर सडकबाट करिब १५० मिटर तल खसेको बताइएको छ ।