काठमाडौं। रामेछापको साँघुटारदेखि ओखलढुंगाको घोराखोरीसम्मको सडक कालोपत्र सुरु हुने भएको छ। ठेक्का लागेर ६ वर्षदेखि निर्माण रोकिएको उक्त सडक सोमबारदेखि सुरु हुने भएको हो।
सडक विभागले करिब २२ किलोमिटर सडक खण्डको कालोपत्र गर्नका लागि २०७३ सालमा बोलपत्र आह्वान गरेको थियो । निर्माणमा विभिन्न समस्याका कारण तोकिएको समयमा काम हुन नसकेको बताईएको छ। सो सडा कान्छाराम कन्स्ट्रक्सनले ठेक्का पाएको छ।
रामेछापको साँघुटार–घोराखोरी–ओखलढुंगा सडक कालोपत्र भएमा काठमाडौंबाट ओखलढुंगाका दुरी छोटिने मात्र नभई पश्चिमी ओखलढुंगाका बासिन्दालाई जिल्ला सदरमुकाम आउजाउमा सहजता हुनेछ ।