सुनसरी । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले अरुण नदीमा पक्की पुल निर्माण गर्ने बताएका छन् । सङ्खुवासभाको तुम्लिङटारमा पत्रकारसँग कुराकानी गर्दै मुख्यमन्त्री राईले भोजपुर र सङ्खुवासभा जोड्ने अरुण नदीमा पक्की पुल निर्माण गरिने बताएका हुन ।
भोजपुरको षडानन्द नगरपालिका र सङ्खुवासभाको खाँदबारी नगरपालिका जोड्ने अरुण नदीको लम्सुवाघाटमा पक्की पुल निर्माण गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ । उनले आफ्नै कार्यकालमा पक्की पुल बनाउने विश्वास दिलाए ।
अरुण नदीमा पक्की पुल नहुँदा निकै सास्ती भइरहेको उल्लेख गर्दै मुख्यमन्त्री राईले सङ्घीय सरकारले १० वर्षअघि शिलान्यास गरेको लम्सुवाघाटको पक्की पुल अहिलेसम्म बन्न नसक्नु दुःखद भएको बताए ।