काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह सोमबार भारत गएका छन्। बोउमा कनएक्स्पोमा सहभागी हुन महासंघका अध्यक्ष सिंह सोमबार भारतको उत्तर प्रदेश प्रस्थान प्रस्थान गरेका हुन्।
ग्रेटर नोइडामा ४ दिन सम्म चल्ने एक्स्पोमा निर्माण उद्योगमा भित्रिएका अत्याधुनिक उपकरण, सामग्री सहित निर्माण क्षेत्रमा प्रयोग हुने सबै खाले पछिल्ला सर—सामानहरू प्रदर्शनीका लागि राखिएका छन्।
आजदेखि शुरु हुने प्रदर्शनीमा २० भन्दा बढी मुलुकका करीब ६ सय प्रविधि सप्लायर्सको सहभागिता रहने छ भने ६० देशका ५० हजार भन्दा बढीले १० हजार स्टलहरू अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
एशिया तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरूको छाता संस्था ईफाप्काका अध्यक्ष समेत रहेका महासंघ अध्यक्ष सिंहलाई अतिथिको रुपमा एक्स्पोमा आमन्त्रण गरिएको हो ।
सोही अवसरमा अध्यक्ष सिंहले निर्माण उद्योगसँग सम्बन्धित् पछिल्ला प्रविधिका बारेमा विज्ञहरूसँग छलफल गर्ने छन । महासंघ यस एक्स्पोको सर्पोटरको भूमिकामा रहेको छ ।