बुटवल। नहरपुर जोड्ने सडक निर्माणको काम शुरु भएको छ। बुटवलको बुद्धनगरदेखि नहरपुर जोड्ने सडक निर्माणको काम शुरु भएको हो।
बुटवल ११ बुद्धनगर तिनाउ पुलदेखि नहरपुर झोलुङ्गे पुलसम्मको सडक विस्तार तथा कालोपत्रे गर्ने कामको शिलान्यास सोमबार भएको हो । बुद्धनगरमा एक कार्यक्रमका बीच नगरप्रमुख खेलराज पाण्डेयले सडकको शिलान्यास गरेका हुन्।
स्थानीयलाई लाभ हुने र पूर्व–पश्चिम राजमार्गको तिनाउ पुल निर्माणको काम शुरु भएपछि वैकल्पिक सडकका रुपमा प्रयोग हुनेगरी सडक विस्तार गर्न लागिएको बताइएको छ।। स्थानीयको आवश्यकता र मागअनुसार सडक विस्तारको काम अघि बढाउने बताउँदै निर्माण व्यवसायीलाई साथ दिन आग्रह गरिएको छ।
दुई करोड ६० लाख ६५ हजार लागतमा ठेक्का सम्झौता भएको सडक आगामी जेठ १५ भित्र सम्पन्न गर्नेगरी थापा दास जेभी बुटवलले ठेक्का पाएको छ।