फाइल तस्बिर
मुगु। जुम्लाको नाग्म–गमगढी सडकखण्डको बुलबुले क्षेत्रदेखि घुच्चीलेकको सातमोड पिना क्षेत्रको अवरोध हटेको छ। सोमबारदेखि जमेको हिउँ पन्छाएपछि सडक यातायात सञ्चालनमा आएको हो।
जिल्लाको सिमाना घुच्चीलेकको सडकमा हिउँ जमेसँगै नाग्म–गमगढी लोगमार्ग सोमबारदेखि अवरुद्ध भएको थियो। उक्त क्षेत्रको सडकमा दुई फिटसम्म हिउँ जमेको थियो।
सडक खुलेसँगै दर्जनौँ यात्रुवाहक गाडी, मालवाहक ट्रक गन्तव्यतर्फ गएका छन्। विगतका वर्षमा वर्षामा पानी र हिउँदमा हिउँ पर्दा यो खण्डको सडक महिना दिनसम्म पनि अवरुद्ध हुने गरेको थियो।