चितवन । मुग्लिनको नौबिसेको सडकमा माथिबाट राती खसेको पहिरोको कारणले दुबै तर्फको अबरुद्ध भएको सडक बिहान पहिरो हटाएपछि खुलेको हो ।
ईलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार सडक दुबैतर्फ खुल्ना साथ पहिरोको कारणले रोकिएका ठुलो संख्याका सवारी साधनहरु आआफ्नो गन्तव्य स्थलका लागी छुटेका छन् ।
पृथ्वीराजमार्गको चितवनको इच्छाकामना गाउँपालिकाको नाग्दीखोला नजीकैको सडक माथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । सडक खुलेपछि यात्रामा रहेका यात्री र गाडी संन्चालक दुबै खुसी भएका छन् ।