कैलाली। पूर्व-पश्चिम राजमार्गअन्तर्गत लम्की सडक खण्ड अबरुद्ध भएको छ। गएराति लम्किचुहा नगरपालिका १ का एक युवकको चक्कु प्रहारगरी हत्या भएपछि आक्रोषित आफन्त र स्थानीयले सडक अबरुद्ध गरेका हुन्। युवको हत्यामा संलग्न दोषीलाई पक्राउगरी कारबाही गर्न उनीहरूले माग गरेका छन।
लम्कीचुहा १ बस्ने भुपेन्द्र बडुवालको मंगलबार राति करिब ९ बजे चक्कु प्रहारबाट मृत्यु भएको थियो। चक्कु प्रहार गर्ने व्यक्ति फरार रहेको र उनको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए। उनले घटनास्थलबाट मृतकको मोटरसाइकल र एकथान स्कुटी बरामद गरिएको बताए।