काठमाडौं। ‘नो पार्किङ’मा रोकिएको मन्त्रीको गाडीलाई ट्राफिक प्रहरीले जरिवाना लगाएको छ।
काठमाडौंको पेप्सीकोलामा स्टार बैंक्वेट अगाडी पार्किङ निषेध गरिएको ठाउँमा रोकिएको मन्त्रीको गाडीलाई ट्राफिक प्रहरीले जरिवाना गरेको हो।
बागमती प्रदेश–०३–००१ झ ०१३२ नम्बरको गाडी भएपनि कुन मन्त्रालयको कुन मन्त्रीले प्रयोग गरेको गाडी हो भन्ने ट्राफिकले खुलाएको छैन। उक्त गाडीलाई ट्राफिक प्रहरीले ह्विल लक गरेर सवारी चालकलाई १ हजारको चिट काटेको छ।
शुक्रवार साढे ५ बजेतिर पिक आवरमा सड्कमा पार्क गरेको भेटिएपछि सर्वसाधारणको सवारी सरह सो गाडीलाई पनि कारवाही गरिएको बताइएको छ ।
उक्त घटनालाई लिएर मानिसहरु यतिबेला कानुन सबैलाई बराबर हुने भन्दै ट्राफिक प्रहरीको प्रशंसा गरिरहेका छन् ।