काठमाडौं। संयुक्त राष्ट्र संघीय शान्ति मिसन र चीन सरकारबाट प्राप्त सवारी साधन दर्ता गर्न नेपाली सेनाले माग गरेको छ।
विश्व शान्ति कार्यका लागि द्वन्दग्रस्त मुलुकमा खटिने क्रममा खरिद गरी कार्यदेश पुरा भएपछि स्वदेश ल्याइएका तथा विभिन्न समयमा चीन सरकारबाट उपहार स्वरुप प्राप्त सवारी साधन दर्तामा गर्न सेनाले माग गरेको हो।
शान्ति मिसनबाट फिर्ता र चीनबाट प्राप्त सवरी साधनको दर्ताका अध्ययन गर्न रक्षा मन्त्रालयले अध्ययन समिति बनाएकामा प्रतिवेदन समेत प्राप्त भइसकेको मन्त्रालयको दोस्रो त्रैमासिक प्रगति समिक्षा वैठकमा जानकारी दिइयो ।
चीनबाट प्राप्त सवारी साधन दर्ताका सम्वन्धमा सवारी प्रदूषण मापदण्ड संशोधनका लागि वन तथा वातावरण मन्त्रालयसँग अनुरोध गरिएपनि हालसम्म कुनै प्रगति भएको छैन । सेनामा रहेका २०५ थान सवारी साधनको दर्ता र समुचित प्रयोगका लागि रक्षा मन्त्रालयले निकासका विभिन्न उपायको खोजि गरिरहेको छ।
हालसम्म ती सवारी साधन दर्ता नहुँदा समयमा त्यसको प्रयोग हुन नसकि थन्किएर बसेको अवस्था छ ।
बैठकमा प्रधानसेनापति प्रभुराम शर्माले युएनबाट फिर्ता भएका र चीन सरकारबाट विभिन्न अवसरमा प्राप्त गाडी दर्ता सम्वन्धी समस्या रहेको भन्दै त्यस्तो गर्न नहेने बताए।