काठमाडौं। सुपर मादी हाइड्रोपावरको आइपीओ बाँडफाँट भएको छ। कम्पनीले आज बिहान सुपर मादीको आइपीओ बाँडफाँट गरेको हो।
१ लाख ७४ हजार ३०० जना सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर हात पारेका छन्।
आइपीओका लागि कुल १३ लाख ४ हजार २०८ जना आवेदकले आवेदन दिएकामा ५ हजार ५१५ जनाको आवेदन रद्द भएको बिक्री कम्पनीले जनाएको छ।
कम्पनीले माघ ९ गतेदेखि २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता आइपीओ जारी गरेको हो। यो मध्ये १० प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ।
यस्तै, १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोष र ४२ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो। बाँकी १७ लाख ४३ हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएको हो।