पोखरा। सडकमा पार्किङ निषेध गर्ने पोखरा महानगरपालिकाको निर्णय कार्यान्वयन नहुने भएको छ।
पार्किङ निषेध गरिएका क्षेत्रका व्यावसायी, यातायात व्यवसायी र सवारी चालकको चर्को विरोधपछि महानगरले तत्कालका लागि उक्त निर्णय कार्यानवयन नगर्ने भएको हो।
महानगरले गत सोमबार मुख्य सहरी क्षेत्र पृथ्वीचोक, न्युरोड, चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार र पृथ्वीचोकको सडकमा आइतबारदेखि सवारी पार्किङ निषेध हुने जानकारी गराएको थियो। चर्को विरोध थेग्न नसकेपछि महानगरले तत्कालका लागि सडकमा पार्किङ निषेध गर्ने निर्णय कार्यन्वयन नहुने भन्दै अर्को सूचना जारी गरेको छ।