सुर्खेत। वीरेन्द्रनगर नगरपालिकाले फुटपाथका पसल हटाउन निर्देशन दिएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै फुटपाथका पसल हटाउन अनुरोध गरेको हो।
दास्रो राष्ट्रिय औद्योगिक व्यापार, कृषि, नवितम प्रविधि प्रदर्शनी एवम् पर्यटन महोत्सवका सञ्चालन भइरहेकाे छ । सो स्थल बाहिर अव्यवस्थित रुपमा बाटो अतिक्रमण गरी फुटपाथ पसल सञ्चालन गरेकोले ट्राफिक व्यवस्थापन गर्न समस्या भएको छ ।
ट्राफिक व्यवस्थापन तथा बाटो आवतजावतमा सहज बनाउनका लागि फुटपाथ पसल हटाउन पालिकाले निर्देशन दिएको हो ।