काठमाडौं। बुटवल–बर्दघाट १३२ केभी डबल सर्किट प्रसारण लाइन भोलिदेखि दैनिक ४ घण्टा बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण बुटवल ग्रिड महाशाखाले एक सूचना जारी गरी प्रसारण लाइन दैनिक ४ घण्टाका दरले एक हप्ता बन्द हुने जानकारी दिएको हो।
सूचना अनुसार माघ २६ गतेदेखि फागुन ३ गतेसम्म बिहान ७ बजेदेखि ११ बजेसम्म विद्युत प्रसारण रोकिने छ। कालीगण्डकी प्रसारण कोरिडोर आयोजनाले नवलपरासी पश्चिमको सुनवल नगरपालिका–१३ बडेरास्थित न्यु बुटवल सबस्टेसन नजिकै पर्ने आयोजनाको एमसिटी १६ को टावर निर्माण गर्नुपर्ने भएकाले प्रसारण लाइन बन्द हुने सूचनामा उल्लेख छ।
प्रसारण लाइन बन्द हुँदा नेपाल विद्युत प्राधिकरण बुटवल ग्रिड महाशाखा अन्तर्गत रहेका सुनवल, बुटवल, मैनीहवा सब स्टेसनहरुबाट सन्चालित औद्योगिक तथा आवश्यकता अनुसार अन्य ग्राहकहरुमा पनि विद्युत सेवा अबरुद्ध हुनसक्ने बताइएको छ।