काठमाडौं। आश्रय निर्माण सेवा प्रा.ली का प्रबन्धक निर्देशक रामाश्रय शाहको निधन भएको छ। भारतको नयाँ दिल्लीमा उपचारको क्रममा आज बिहान शाहको निधन भएको हो।
रौतहटको बडहर्वा घर भएका शाह लामो समयदेखि घाँटीको क्यान्सरसँग जुधिरहेका थिए। क्यान्सरको उपचारकै क्रममा शाहको आज बिहान (माघ २७ शुक्रबार) ६४ वर्षको उमेरमा निधन भएको हो।
रामाश्रय शाह वि.सं. २०१५ साल फागुन महिनामा राैतहट जिल्लामा जन्मिएका थिए।
नयाँ डिल्लीबाट शाहकाे पार्थिव शरीर नेपाल ल्याउन हिँडाइसकिएकाे छ। भाेलि (शनिबार) दिउँसाेसम्म उनकाे जन्मस्थान राैतहट पुर्याइने बताइएकाे छ।
शाह नेपाल निर्माण व्यवसायी महासंघका सह–कोषाध्यक्ष सन्तोष शाहका पिता पनि हुन्। साथै शाह रौतहट क्षेत्र न १ प्रदेश सभा (क) का बिधायक नागेन्द्र शाहका जेठा दाई पनि हुन्।
शाहको निधनसँगै निर्माण व्यवसायको क्षेत्रले एक अब्बल व्यक्तित्व गुमाएको भन्दै निर्माण व्यवसायीहरुले शाहप्रति श्रदाञ्जली व्यक्त गरिरहेका छन्। विभिन्न निर्माण व्यवसायी संघ लगायत निर्माण क्षेत्रमा संलग्न व्यक्तिहरुले पनि सामाजिक सञ्जालमार्फत दुख व्यक्त गर्दै शाहप्रति श्रदाञ्जली अर्पण गरिरहेका छन्।