काठमाडौं । सरकारले नेपाल नागरिक उडडयन प्राधिकरणका, त्रिभुवन विमानस्तलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई निलम्बन गरेको छ ।
थाई स्माइल एअरलाइन्सलाई प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उदेश्यले गरेको कुराकानीको श्रब्य सामाग्री प्राप्त भएपछि सो विषयमा जाँचबुझ गर्ने सिलसिलामा निजलाई पदबाट निलम्बन गरिएकाे हाे।
मन्त्रालयका सहसचिव एवम प्रवक्ता राजेन्द्रबहादुर केसीका अनुसार उक्त विषमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुरोध गरी पठाइएको पनि संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयले जानकारी दिएको छ ।