काठमाडौं। हेटौंडा–काठमाडौं जोड्ने छोटो दुरीका दुवै सडक दुई महिनाका लागि बन्द गरिएको छ। सडक कालोपत्रे लागि आजदेखि २ महिना सम्म बन्द गरिएको हो।
हेटौंडाबाट भिमफेदी–कुलेखानी–फाखेल–हुमाने–फर्पिङ हुँदै काठमाडौं जोड्ने सडक र हेटौंडाबाट भिमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ हुँदै काठमाडौं जोड्ने सडक निर्माण थालिएकाले आजदेखि दुई महिनासम्मका लागि बन्द गरिएको बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।
कार्यकालयले वैकल्पिक सडकको रुपमा हेटौंडाबाट काठमाडौंका लागि हेटौंडा–कुलेखानी–मार्खु–चित्लाङ–थानकोट सडक र काठमाडौंबाट हेटौंडाका लागि कान्ति लोकपथ खण्डबाट यातायात सुचारु गरिएको जनाउँदै वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ।
ट्राफिक प्रहरी महाशाखाले पनि चापागाउँ–कान्ती लोकपथ र नौबिसेको बाटो वैकल्पीक रुपमा प्रयोग गर्न अनुरोध गरेको छ।