मकवानपुर। निर्माण व्यवसायी सङ्घ मकवानपुरको अध्यक्षमा बालगोपाल कँडेल निर्वाचित भएका छन्। आइतबार भएको संघको ११ औँ अधिवेशनबाट कँडेल २१६ मतसहित निर्वाचित भएका हुन्।
उनका प्रतिस्पर्धी श्यामसुन्दर ढकालले १७० मत प्राप्त गरेका छन्। सङ्घको द्वितीय उपाध्यक्षमा भवनाथ अधिकारी, तृतीय उपाध्यक्षमा भीमसेन श्रेष्ठ, उपमहासचिव नीतिगततर्फ दिनेश पनेरु, उपमहासचिव आन्तरिकतर्फ सुरज बर्तौला र सहकोषाध्यक्षमा प्रकाश लामा निर्वाचित भएका छन्।
सङ्घको प्रथम उपाध्यक्षमा सागर कटुवाल, महासचिवमा राजेन्द्र चौलागाईँ र कोषाध्यक्षमा अनिल श्रेष्ठ यसअघि नै निर्विरोध निर्वाचित भएका थिए। कार्यसमिति सदस्यहरुमा अच्युत सुवेदी, ईन्द्रप्रसाद रिजाल, चेतबहादुर थापा मगर, नवीन जोशी, भरतप्रसाद सापकोटा, लक्ष्मण सापकोटा, सविन भट्टराइ क्षेत्री, सूर्यबहादुर रोक्का र महिला सदस्यमा उमाकुमारी पौडेल निर्वाचित भएका छन्।
यसैबीच सङ्घको निर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपथ तथा प्रमाणपत्र वितरण कार्यक्रम सोमबार नै सम्पन्न भएको छ ।