म्याग्दी। बस बेनी–जोमसोम कोरला सडक अन्तर्गत लेतेमा यात्रुबाहक बस दुर्घटना भएको छ। मुस्ताङको जोमसोमबाट पोखराका लागि छुटेको म्याग्दी कोरलाको ना ७ ख ७४४० नम्बरको यात्रुबाहक बस लेतेमा दुर्घटना भएको हो।
बुधबार बिहान साढे ८ बजे भएको दुर्घटनामा १७ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ। बस लेतेको धम्पुसस्थित सडकबाट बस ४० मिटर तल खसेर कालिगण्डकी नदीमा पुगेको छ।
दुर्घटनाको खबर लगत्तै जोसोमबाट प्रहरी नायव उपरिक्षक रविन्द्रनाथ पौडेलसहित प्रमुख जिल्ला अधिकारी,नेपाली सेना र प्रहरीसहितको टोली घटनास्थलमा पुगेर घाइतेलाई उद्धार गरिएको छ ।
दुर्घटनाका घाइतेलाई स्थानीय लेते स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरी गम्भीर घाइते भएका ९ जनालाई गण्डकी अस्पताल पोखरामा रिफर गरिएको प्रहरीले जनाएको छ ।
बाँकी ८ जनाको स्वास्थ्य चौकीमै उपचार भइरहेको छ ।
निर्माणाधीन भएकाले साँघुरो सडकका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।