काठमाडौं। अलपत्र पुल निर्माणको माग गर्दै आमरण अनशन बसेका पत्रकार सञ्जय सहनीले अनशन तोडेका छन्। रौतहटको गौर र ईशनाथ नगरपालिका जोड्ने लालबकैया नदीमा तत्काल पुल निर्माणको लागि दुईपक्षीय सहमति पछि सहनीले आमरण अनशन तोडिएका हुन्।
गौर र ईशनाथ नगरपालिका जोड्ने बकैया नदीमा निर्माणाधीन अधुरो पुल डेढ वर्षमा सम्पन्न गराउन सम्बन्धित पक्ष तयार भए पछि सहनीले अनसन तोडेका हुन्।
चार दिनदेखि अनसनरत सहनीको स्वास्थ्य अवस्था खराब बन्दै गए पछि स्लाइन दिइएको थियो।
समयमा पुल निर्माण नसकेको कारण केही वर्षअघि स्थानीयहरु ईशनाथबाट गौरतर्फ आइरहेको डुङ्गा पुलको पिल्लरमा ठोकिएर भएको दुर्घटनामा ५ जनाको ज्यान गएको थियो ।