बर्दिया। बर्दिया जिल्लाको बढैयाताल गाउँपालिकाले सडकको क्षेत्राधिकार खाली गर्न निर्देशन दिएको छ। पालिकाले माघ २८ मा एक सूचना जारी गर्दै १५ दिनभित्र सडक क्षेत्राधिकारमा पर्ने संरचना तथा सामाग्री हटाउन निर्देशन दिएको हो।
हुलाकी राजमार्गको नेपालगञ्जदेखि गुलरिया सडक खण्ड सडकको केन्द्रबिन्दुबाट दाँया र बाँया १५ मिटरभित्र रहेका संरचना तथा अन्य सामाग्री हटाउन पालिकाले सूचना मार्फत निर्देशन दिएको छ।