बागलुङ। निसीखोला गाउँपालिकामा आठ झोलुङ्गे पुल निर्माण हुने भएका छन्। चालू आर्थिक वर्ष २०७९/८० मा आठ झोलुङ्गे पुल निर्माण हुने भएका हुन्।
अघिल्लो वर्ष मात्रै उक्त गाउँपालिकाको विभिन्न खोलामा सात झोलुङ्गे पुल निर्माण गरिएका थिए। सङ्घीय सरकारको ८७ तथा निसीखोलाको १३ प्रतिशत लगानीमा आठ पुल निर्माण गर्न लागिएको गाउँपालिका जनाएको छ। आगामी असार मसान्तसम्म सबै पुल निर्माण सम्पन्न हुने बताइएको छ।
पुल नहुँदा आफुहरुले धेरै समस्या भोग्नुपरेको स्थानीयले बताएका छन्। पुल बनेपछि जोखिम मोलेर खोला वारपार गर्नुपर्ने बाध्यता अन्त्य हुने भन्दै स्थानीय खुसी भएका छन्।