धनगढी। धनगढी उपमहानगरपालिकाले शौचालयको डिजाइन प्रतियोगिताको आयोजना गरेको छ। उपमहानगरले नेपाल आर्किटेक्ट इन्जिनियर्स एशोसिएशनसँगको सहकार्यमा प्रतियोगिताको आयोजना गरेको हो।
नेपाल आर्किटेक्ट इन्जिनियर्स एशोसिएशनले २१ दिने सूचना जारी गर्दै प्रतियोगितामा सहभागी हुन चाहने देशभरका इन्जिनियरलाई आफ्नो डिजाइन पेश गर्न आव्हान गरेको छ।
उपमहानगरले बनाउन लागेका सार्वजनिक शौचालयको डिजाइन बनाउनेमध्ये उत्कृष्ट मध्ये दुई इन्जिनियरलाई नगद पुरस्कारको व्यवस्था गरिएको बताइएको छ। प्रतियोगितामा पहिलो र दोस्रो हुने शौचालयको नमुनालाई धनगढी उपमहानगरले क्रमश १ लाख ५० हजार र ७५ हजार पुरस्कार दिने जनाएको छ।
यसरी प्रतियोगिताबाट छनौट भएका डिजाइनका आधारमा धनगढीमा सार्वजनिक शौचालय निर्माण गर्ने उपमहानगरको तयारी छ।