फाइल तस्बिर
काठमाडाैं । ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने चार हजार ३९४ चालकलाई पक्राउ गरी कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षमा सिसिटिभीको सहायताले ट्राफिक नियम उल्लङ्घन गर्ने चार हजार तीन सय १४ चालकलाई पक्राउ गरी कारबाही गरेको हो ।
सिसिटिभी कन्ट्रोल रुमले दिएको सूचनाका आधारमा तीन हजार दुई सय ९२ र ट्राफिक नियम उल्लङ्घन गरी फरार रहेका एक हजार २२ गरी चार हजार तीन सय १४ जनालाई पक्राउ गरी कारबाही गरेकाे कार्यालयले जनाएकाे छ।
कार्यालयका अनुसार साउनमा तीन सय ४१, भदौमा छ सय ८०, असोजमा चार सय ८२, कात्तिकमा तीन सय ६६, मङ्सिरमा छ सय ६२, पुसमा नौ सय २५, माघमा आठ सय १४ र फागुनमा ४४ चालकलाई कारबाही गरेको हो । ट्राफिक प्रहरीको आँखा छलेर नियम मिच्ने चालकलाई प्रविधिको सहायताले कारबाहीको दायरामा ल्याइएको र यसबाट सवारी आवागमन व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको बताइएकाे छ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा रहेको सिसीटिभी कन्ट्रोल रुममा खटिएका ट्राफिक प्रहरीले दिएको स्थान, समय, सवारी साधनको नम्बर, किसिम र कसुरका आधारमा सडकमा खटिएका ट्राफिक प्रहरीले चालकलाई कारबाही गर्ने गरेका छन् ।