हुम्ला। बोक्चे गौडादेखि भुुप्रेसम्मको सडकको निर्माण कार्य दुई वर्षदेखि रोकिँदै आएको भए पनि हालसम्म अगाडी बढ्न नसके पछि अलपत्र अवस्थामा रहेको छ । सडक निर्माणको जिम्मा पाएको कम्पनी अधुरो कार्य गरे बिचैमा काम गर्न छोडेपछि निर्माण कार्य अगाडी नबढेको हो ।
खार्पुनाथ गाउँपालिका–१ का वडा अध्यक्ष जयबहादुर शाहीले दुई वर्ष अगाडी सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले अधुरो काम छोडेर निर्माण कार्य अगाडी नबढाएको बताए । उनले वडा कार्यालय र चार वटा गाउँ जोड्नका लागि सडक निर्माण योजना ठुलो प्रयास गरेर योजना परेको भए पनि निर्माण कम्पनी पक्षको लापरबाहीले आधा काम गर्दा गर्दा अगाडी बढ्न नपाएको दुख व्यक्त गरे। कर्णाली कोरिडोर बोक्चे गौडा क्षेत्रबाट लिङ्क सडक निर्माण गर्ने योजना अन्तर्गत सो सडक निर्माण गर्न लागिएको हो । उनले सडकको निर्माण कार्य अगाडी बढाउनका लागि पुर्बाधार विकास कार्यालयमा आफ्नो नेतृत्वमा गत असोजमा डेलिगेसन जाँदा पनि हालसम्म कुनै सुनुवाइ हुन नसकेको बताए ।
आर्थिक वर्ष ०७७/०७८ मा उक्त सडकको निर्माण कार्य सुरु भएको भए पनि केही भागको सडकको निर्माण गरेर त्यतिकै छोडिएको बताए । उनले जिम्मा पाएको निर्माण कम्पनीले समयमै काम गरेको भए हालसम्म पिउस गाउँसम्म सडक निर्माण कार्य पुरा भई सक्ने र त्यसभन्दा अगाडीको सडकको निर्माण कार्य अगाडी बढ्नु पर्नेमा हाल सो योजनाको लाल्धारासम्म मात्र सडकको ट्यााक खोल्ने कार्य भएको भए पनि बर्खाको पहिरोले निर्माण भएको सडक पनि पुरिएको अवस्थामा रहेको बताए। उनले कार्यालयले निर्माण कम्पनी पक्षले दबाब र ताकेता गर्न नसकेकै कारण निर्माण कम्पनी पक्षले आलटाल गरी रहेको आरोप लगाए ।
उक्त सडकको निर्माण कार्यको जिम्मा श्रेय कन्स्ट्रक्सन प्रालिले पाएको थियो । यस सम्बन्धमा पुर्बाधार विकास कार्यालयका निमित्त प्रमुख गौरी ढकालले सडकको निर्माण कार्य रोकिएको स्वीकार गर्दै निर्माण कार्य अगाडी बढाउनका लागि निर्माण कम्पनी पक्षसँग कुरा भई रहेको र अब चाँडै निर्माण कार्य अगाडी बढ्ने विश्वास व्यक्त गरे । उनले निर्माण कम्पनी पक्षलाई रोकिएको काम तत्काल अगाडी बढाउन ताकेता गरेको र अ एक दुई दिनमा एक्स्काभेटर लिएर काम अगाडी बढ्ने बताए। उक्त सडकको हालको खण्डको निर्माण जिम्मा पाएको सडक निर्माण कार्य पुरा भएको भए अगाडी दुई वटा खण्डको पनि कार्यालयले टेन्डर आव्हान भएर निर्माण कम्पनी छनौट भई सकेकोले सो काम पनि अगाडी बढ्ने कार्यालयले जनाएको छ । सुरुको खण्डको काम पुरा नभएको कारण अगाडीका खण्डको काम अगाडी बढाउने अवस्था छैन । गोरखापत्रबाट