काठमाडौं। जुम्लाको पातारासी गाउँपालिकाले ३६ किलोमिटर सडक निर्माण गरेको छ। उक्त गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ मा करिब ३६ किलोमिटर सडक निर्माण गरेको हो।
गाउँपालिकाका विभिन्न ठाउँमा एक वर्षको अवधिमा सडक विस्तार गरिएको हो । गाउँपालिकाका अनुसार आव २०७८/७९ मा दुई हजार चार सय ५० मिटर सडक ग्राभेल गरिएको थियो । यस्तै सो अवधिमा नौ किलोमिटर ग्रामीण सडक निर्माण, १४ किलोमिटर गोरेटो बाटो तथा पाँच किलोमिटर सडक ढलान गरिएको थियो ।
सो अवधिमा ग्रामीण सडक निर्माण र मर्मतका २१ योजना सम्पन्न भएका छन् । यस्तै २४ गोरेटो बाटो निर्माण भएका गाउँपालिकाले जनाएको छ।