काठमाडौं। अमेरिकाको न्युयोर्कबाट भारतको राजधानी नयाँदिल्लीका लागि उडेको एयर इन्डियाको एउटा जहाज बुधबार बिहान स्विडेनको स्टकहोममा आकस्मिक अवतरण भएको छ। उडानका क्रममा जहाजको एउटा इन्जिनमा तेल लिक भएपछि जहाज आकस्मिक अवतरण भएको हो।
एयर इन्डियाको फ्लाइट एआई १०६ मा ३०० जना यात्रु भएको बताइएको छ। स्टकहोम विमानस्थलमा आपतकालीन उद्धारको लागि सबै तयारी पूरा गरिएको थियो। तर जहाज सामान्य रूपमा अवतरण भएको र सबै यात्रु सुरक्षित रहेको बताइएको छ।