पर्सा। पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा रहेको भेडाहा खोलामा तटबन्ध निर्माणको काम सुरु भएको छ। महानगरपालिकाले २४ करोड ६३ लाख लागतमा वडा २७ देखि ३१ सम्म ५ वडाका निम्ति तटबन्ध निर्माणको काम सुरु गरेको हो ।
राष्ट्रिय योजना आयोगको संपूरक बजेटबाट महानगरपालिकाले भेडाहा खोला नदी नियन्त्रण परियोजना सञ्चालन गरेको हो ।
रमन एन्ड विकास ब्रदर्स ज्वाइन्ट भेन्चरले २०८० असारमा सम्पन्न गर्ने गरी खोलामा १२ किमी लामो तटबन्ध निर्माण गरिरहेको छ ।
तटबन्ध माथि साढे ५ मिटर चौडा कच्ची बाटो बन्नेछ । तटबन्ध निर्माण भएपछि जग्गाको कटान र बस्तीमा बाढी पस्ने यहाँको समस्या सँधाका लागि टर्ने अपेक्षा गरिएको छ।