मोरङ। निर्माण व्यवसायी महासंघ प्रदेश १ को अध्यक्षमा जनसेवक भण्डारी विजयी भएका छन्। बुधबार भएको महासंघको निर्वाचनमा प्रतिद्वन्दी कमलप्रसाद गौतमलाई पराजीत गर्दै भण्डारी विजयी भएका हुन्।
निर्वाचनमा भण्डारीले २६७ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिस्पर्धी गौतमले २०५ मत प्राप्त गरेको निर्माण व्यवसायी महासंघ प्रदेश १ निर्वाचन समितिको कार्यालयले जनाएको छ।
त्यसैगरी महासंघको उपाध्यक्षमा दिपक पौडेललाई हराउँदै केशव कुमार बुढाथोकी विजयी भएका छन्। बुढाथोकीले ३०३ मत प्राप्त गर्दा पौडेलले १६३ मत मात्र प्राप्त गरेका छन्।
महासंघको महासचिव पदमा मौसम थापालाई हराउँदै रेशम कार्की विजयी भएका छन्। कार्कीले २६६ मत प्राप्त गर्दा थापाले १९६ मात्र मत प्राप्त गरेका छन्।
त्यसैगरी महासंघको कोषाध्यक्षमा सन्तोष कुमार वस्नेत र सहकोषाध्यक्षमा योगराज दाहाल निर्वाचित भएका छन्।