फाइल तस्बिर
पाल्पा। सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल खण्डकाे सिद्धबाबा क्षेत्रकाे सडक १५ दिनका लागि दैनिक ८ घण्टा बन्द हुने भएको छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङ मार्गको प्रारम्भिक चरणको काम गर्न भोलिदेखि दैनिक ८ घण्टा सडक बन्द गर्ने निर्णय भएको हो।
सिद्धबाबा क्षेत्रको रामापिथेकस नजिकै सडकको डाइभर्सन निर्माण गर्दाका बेला माथिबाट खुकुलो ढुङ्गा खस्न सक्ने भएकाले सुरक्षित रूपमा काम गर्न सडक बन्द गर्नुपरेको बताइएको छ।
फागुन १३ गतेपछि बिहान ११ बजेदेखि २ बजेसम्म र राति १० देखि ३ बजेसम्म उक्त राजमार्गको सिद्धबाबा क्षेत्रमा सवारीसाधन आवागमन बन्द हुनेछन्। सुरुङ मार्गको डीपीआर स्वीकृतिको अन्तिम चरणमा छ। सडक बन्द रहेको अवधिका बेला यात्रुको सहजताका लागि निर्माण व्यवसायीले दोभान–नुवाकोट सडक मर्मत गरी साना तथा मझौला सवारीसाधन सञ्चालन गर्न सक्ने गरी प्रबन्ध गर्ने निर्णय भएको छ।