जनकपुरधाम। जनकपुरधाम साप्ताहिक बृहत् सरसफाइ कार्यक्रमअन्तर्गत जानकी मन्दिर परिसर सफाइ गरिएको छ। साप्ताहिक कार्यक्रमअन्तर्गत दोस्रो साता शुक्रबार जानकी मन्दिर परिसर सफाइ गरिएको हो।
साताको प्रत्येक शुक्रबार जनकपुरधामका विभिन्न स्थानको सफाइ गरिने गरी स्वस्थ, स्वच्छ र सफा जनकपुरधाम बृहत् सरसफाइ अभियान साप्ताहिक कार्यक्रम सुरु गरिएको छ।
जनकपुरधामलाई स्वस्थ, स्वच्छ र सफा बनाउने अभियानमा धनुषाका प्रमुख जिल्ला अधिकारी सहितको टोली, जनकपुरधाम उपमहानगरपालिका, सशस्त्र प्रहरी बल, जिल्ला प्रहरी कार्यालय, नागरिक समाजलगायतको सहभागिता रहेको छ।