तनहुँ। पृथ्वी राजमार्गको दैनिक ४ घण्टा बन्द गरिएकाे छ। मुग्लिन–पोखरा सडकखण्डको चार लेनमा विस्तार गर्ने कामलाई तीव्रता दिन रातको समयमा ४ घण्टा सडक बन्द गरिएकाे हो।
यो सडकखण्ड फागनु ११ देखि २७ सम्म गरी १० दिन राति १२ बजेदेखि बिहान ४ बजेसम्म बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ।
निर्माण छिटोछरितो गर्न मुग्लिन–पोखरा खण्ड योजना (पूर्वी खण्ड)बाट अनुरोध भई आएको विषयमा छलफल गरी दैनिक रूपमा अत्यावश्यक सवारीबाहेक अन्य सवारीसाधन पूर्ण रूपमा रोकी काम गर्ने निर्णय भएको कार्यालयले जनाएको छ।
यस खण्डमा भित्तो काट्ने काम गर्नुपर्ने भएकाले रातको समयमा सो खण्ड बन्द गर्ने निर्णय गरिएको हो। यात्रुलाई यात्रा सहज बनाउन दिउँसो बन्द नगरी रातको समय छनोट गरिएको हो।