पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान सुरु भएको छ। बिहीबारदेखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले रात्रिकालीन सेवा दिन सुरु गरेको हो।
यसअघि यस विमानस्थलमा बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै जहाज उडान गरिँदै आएको थियो। शुक्रबारदेखि यो विमानस्थल बिहान ६ देखि राति १२ बजेसम्म अर्थात् दैनिक १८ घण्टा सञ्चालन गर्न थालिएको छ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आइएफआर प्रणाली लागू भएसँगै रात्रिकालीन उडान सुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
आइएफआर प्रणाली लागू भएसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण गर्ने विमानलाई कुहिरो लागेका बेला पनि सञ्चालन गर्न सकिने भएको छ। जबकी यसअघि हुस्सु र कुहिरोका कारण कहिलेकाहीँ विमानस्थल नै अवरूद्ध हुने गरेको थियो।
यो विमानस्थल गत पुस १७ गतेदेखि सञ्चालनमा आएको हो।