काठमाडौं। काठमाडौं महानगरपालिकाले सिसडोल ल्याण्डफिल साइटमा चिकित्साजन्य हानिकारक फोहोर पुर्याउनेलाई ५० हजार जरिवाना गरेको छ ।
काठमाडौं महानगरपालिका–५ मा रहेको सुनौलो परिवार नेपालले स्वास्थ्य उपचारका क्रममा प्रयोग गरेका सिरिञ्जलगायत सामान साइटमा पुर्याएको पाइएपछि उक्त संस्थालाई ५० हजार रुपैयाँ जरिवाना गरेको हो ।
महानगरले फोहोर व्यवस्थापनसँग सम्बन्धित अनधिकृत क्रियाकलापलाई नजिकबाट निगरानी गरिरहेको छ। कानुनले बर्जित गरेका फोहोर साइटमा लैजाने जोसुकैलाई पनि कारवाही गरिने महानगरको भनाइ छ ।
हानिकारक फोहोरलाई उत्पादक आफैँले निर्मलीकरण गरेर सामान्य फोहोरमा बदल्नुपर्ने र त्यसपछि सामान्य प्रक्रियाबाट लैजान सकिने व्यवस्था छ।