पाल्पा । सांसद सोमप्रसाद पाण्डेयले आफ्नो तलबभत्ता जिल्लाको विकासमा खर्च गर्ने घोषणा गरेका छन् । पाल्पा क्षेत्र नं २ का सांसद पाण्डेयले यही कात्तिक १ देखिको सांसदको बाँकी अवधिभरको तलब भत्ता जिल्लाको विकास निर्माणमा खर्च गर्ने घोषणा गरेका हुन् ।
तानसेनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले जनताका बलमा पुनःस्थापना भएको प्रतिनिधिसभाको बाँकी अवधिको तलबभत्ता जनताको समस्या समाधानमा खर्च गर्ने बताए ।
पूर्व उद्योगमन्त्री एवं नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य पाण्डेयले सांसदको पारिश्रमिकबाट जिल्लाको स्वास्थ्य, शिक्षा, पूर्वाधार तथा अशक्त, असाहय, वृद्धा र बालबालिकाका क्षेत्रमा खर्च गर्ने जानकारी दिए ।