काठमाडौं। लागूऔषध सेवन गरी सवारी साधन चलाउने ११ जना चलकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौंको नागढुङ्गामा गरिएको विशेष चेकिङका क्रममा लागूऔषध सेवन गरी सवारी साधन चलाउने ११ जना चालकलाई शुक्रबार राति प्रहरीले नियन्त्रणमा लिएको हो।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल प्रहरी अस्पताल, लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले शुक्रबार राति १० बजेदेखि साढे ११ बजेसम्म २५ ओटा सवारी साधनका चालकलाई चेक गर्दा ११ जनाले लागुूपदार्थ सेवन गरी सवारी चलाएको पाइएको थियो ।
पक्राउ परेका उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी प्रभाग बलम्बु पठाइएको छ। उनीहरूलाई थुनामा राखेर लागूऔषध सेवनको मुद्दा चलाइने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।