काठमाडौं। बेनी–जोमसाम सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्से झरनामा अस्थायी बेलिब्रिज राख्ने काम सुरु भएको छ । कालिगण्डकी कोरिडोर ९बेनी–जोमसोम–कोरला सडक०आयोजनामार्फत् रुप्से खोलामा ४८ मिटर लामो बेलिब्रिजको काम सुरु भएको हो । म्याग्दीको रुप्से छहरामा निर्माणाधीन पक्की पुल तीन वर्षअघिको बाढीले बगाएपछि त्यहाँ सवारी सहज आवागमनका लागि अस्थायी बेलिब्रिज राख्न लागिएको आयोजनाले जनाएको छ ।
कमजोर भू–बनोटका कारण म्याग्दीको रुप्से क्षेत्र बर्खायाममा सधै सडक संरचनामा क्षति हुनेगर्छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत कालिगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाले अन्नपूर्ण–३ रुप्से छहरामा बेलिब्रिज स्ट्रक्चरका लागि आरसीसी वाल र ग्याबिनवालसहित करिब २५० मिटर सडक स्तरोन्नति गर्ने भएको छ ।
सम्झौताअनुसार रुप्से छहरादेखि दक्षिणतर्फको सडकलाई गे्रड मिलाउने र ११ मिटरको सडक चौडा गर्ने जनाइएको छ । यसका लागि मुक्तिनाथ निर्माण सेवाले तीन करोड ५९ लाखमा ठेक्का सम्झौता गरेको छ । निर्माण कन्स्ट्रक्सनले बेलिब्रिज स्थानान्तरण तथा रुप्से आसपासको सडक स्तरोन्नति कार्य एक वर्षभित्र सम्पन्न गर्ने सम्झौता गरेको आयोजनाले जनाएको छ ।
म्याग्दीको बेनीस्थित कालिपुलमा पर्वतको जलजला गाउँपलिका–२, ३ को बगरफाँट बस्तीलाई म्याग्दीको सदरमुकाम बेनीसंग जोड्न बेलिब्रिज राख्ने काम निर्माण कम्पनीले सुरु गरेको छ । हिमालयन बिल्डर्स एण्ड सप्लायर्स प्रालिले १ करोड ५९ लाखमा बेलिब्रिज स्थानान्तरणको ठेक्का सम्झौता गरेको जनाइएको छ । त्यहा दाँयारबाँया ७ र ९ मिटर अग्लो ग्याबिन तथा आरसीसी वालनिर्माण गरी करिब ६० मिटर एप्रोज रोड विस्तार गरिने आयोजनाले बताएको छ ।
बेनी–जोमसोम सडकको ४ स्थानमा पक्की पुल बनेकोमा दुई वटा बेलिब्रिज पुल स्थानान्तरण गर्न लागिएको आयोजना प्रमुख जगत प्रजापतिले जानकारी दिए । म्याग्दीको पोखरे बगर र तिप्ल्याङ खोलाको बेलिब्रिज स्थानान्तरण गर्न लागिएको हो । पोखरेबगरको कालीपुलमा र महभीरको पुल रुप्से झरनामा लगिने छ । कारोबार दैनिकबाट