काठमाडौं । इन्धनको बढेको मूल्य फिर्ता लिन चौतर्फि माग भइरहेको छ । शुक्रबार मात्र उपभोक्ता मञ्च, विद्यार्थी सङ्गठन र यातायात व्यवसायीले इन्धनको बढेको मूल्य फिर्ता गर्न माग गर्दै विभिन्न विरोधका कार्यक्रम आयोजना गरेका छन् ।
तर नेपाल आयल निगमले बढेको मूल्य फिर्ता नहुने जनाएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायले अहिलेको अवस्थामा मूल्य वृद्धि फिर्ता लिन नसकिने बताए । उनले मूल्य वृद्धि नगर्दा निगमलाई अरबौँ घाटा हुने भएकाले बाध्य भएर बढाउनु परेको बताए ।
पछिल्लो पटक निगमले पेट्रोल, डिजल, मट्टीतेलमा प्रति लिटर तीन-तीन रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रति सिलिन्डर ७५ रुपैयाँ बढाएको छ ।