काठमाडौं । राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान हुने निश्चित भएको छ । निर्माण शुरु भएको ७ वर्षपछि गौतमबुद्ध विमानस्थलमा यान्त्रिक परीक्षण उडान हुने निश्चित भएको हो ।
एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरोथाई)ले आगामी २२ नोभेम्बर (६ मंसिर)मा गौतमबुद्ध विमानस्थलमा क्यालिब्रेसन उडानका दौरान टोली नेपाल आउने नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी गराएको छ । यसअनुसर मंसिर दोस्रो सातामा क्यालिब्रेसन फ्लाइट हुनेछ ।
प्राधिकरणका प्रवक्ता देवचन्द्रलाल कर्णका अनुसार एरोथाईले नेपाल आउने मिति निश्चित गरेको हो । अब आयोजना सम्बद्ध अधिकारी र उनीहरुको प्राविधिक टोली बसेर उडानको मिति तय हुने बताइएको छ ।