काठमाडौं। चालू आर्थिक वर्षमा सम्पन्न गर्नुपर्ने कालिगण्डकी करिडोर लोकमार्ग आयोजनाको काम हालसम्म आधा मात्र भएको छ। दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको आयोजनाको भौतिक प्रगति ५६.१७ प्रतिशत मात्र पूरा भएको हो।
आर्थिक वर्ष २०६६÷६७ बाट निर्माण सुरु भएको यस आयोजनाको वित्तीय प्रगति ५४.६७ प्रतिशत पुगेको छ। यसको निर्माण सम्पन्न गर्नुपर्ने समयसीमा चालू आर्थिक वर्षसम्म मात्र रहेको छ।
हाल गैँडाकोट राम्दी मालुङ्गा सडकखण्ड र बेनी जोमसोम सडकखण्ड गरी दुई खण्डमा यो आयोजनाको काम भइरहेको छ ।
यस आयोजनाका लागि २४ अर्ब लागत अनुमान राखिएको छ ।यस आयोजनामा हालसम्म ७ अर्ब ७८ करोड खर्च भएको छ । चालू आर्थिक वर्षमा यस आयोजनाका लागि ३ अर्ब ६३ करोड रकम विनियोजन भएको छ ।