सुर्खेत । ‘सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक’माथि सुझाब संकलन गरिने भएको छ। कर्णाली प्रदेशमा दर्ता भएको गैरसरकारी विद्येयक ‘सिंजा सभ्यता संरक्षण तथा विकास विद्येयक’माथि कार्तिक २८ गतेदेखि कनकासुन्दरी गाउँपालिका–४ लामाथाँडामा सुझाब संकलन गर्न थालिने भएको हो।
कर्णाली सरकारका पूर्व कानूनमन्त्री तथा सांसद नरेश भण्डारी र सांसद पदम रोकायाले गत असोज १० गते प्रदेशसभामा ‘सिंजा सभ्यता विकास तथा संरक्षण विधेयक २०७८’ दर्ता गरेका थिए।
उक्त विधेयकलाई पूर्णता दिनका लागि आइतबार कनकासुन्दरी गाउँपालिकामा सुझाब संकलन कार्यक्रमको आयोजना गरिएको नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले बताए ।
कनकासुन्दरी–४ लामाथाँडामा आइतबार विहान साढे १० बजेदेखि सुझाब संकलन कार्यक्रम शुरु हुने भएको छ। सिंजा सभ्यताको संरक्षण तथा विकासका लागि विद्येयकमा उल्लेख भएका विभिन्न बुँदामाथि छलफल तथा छुटेका विषयवस्तु समेट्ने गरी सुझाब संकलन हुनेछ ।