बागलुङ। जिल्लाको तमानखोला गाउँपालिकाले विभिन्न आन्दोलनमा ज्यान गुमाएका सहिदको सम्मानमा सोलेडाँडामा उद्यान निर्माण गरि सालिक स्थपाना गरेको छ ।
गाउँपालिकाले प्रथम सहिद लखन थापा, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दकसहित सशस्त्र द्वन्द्वका बेला तमानखोलाबाट ज्यान गुमाएका दुर्गाबहादुर बुढा, प्रेम घर्तीमगर, ओमकार बुढा र गङ्गबहादुर पुनको सालिक स्थापना गरेको हो।
सोलेडाँडालाई अन्तर्राष्ट्रिय पर्यटनसँग जोड्न घोडाबाँधेदेखि ताराखोला, दुरलेक हुँदै सोलेडाँडाबाट ढोरपाटन जोड्ने पदमार्गको सम्भाव्यता अध्ययन भइसकेको छ। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र सालझण्डी–ढोरपाटन सडकमार्फत बुर्तिबाङ बजार हुँदै सोलेडाँडा पुग्न सकिने छ।
सोलेडाँडा देशकै मुख्य धार्मिक तथा पर्यटकीय गन्तव्यको बीच भागमा रहेको बताइन्छ। लोकमार्ग हुँदै ढोरपाटन र सालझण्डी हुँदै मुक्तिनाथ जाने पर्यटक यहाँ आउन सक्ने अनुमान गरिन्छ।