काठमाडौं। क्वालिटी विल्डर्स एण्ड इन्जिनियरिङलाई ठेक्का तोडेर कालोसूचीमा राख्ने तयारी थालिएको छ। नेपाल खानेपानी संस्थान पोखराले क्वालिटी विल्डर्ससँग ठेक्का सम्झौता अन्त्य गरि किन कालोसूचिमा नराख्ने बारे स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ।
खानेपानी संस्थान र क्वालिटी विल्डर्स एण्ड इन्जिनियरिङबीच खरीद सम्झौता भएको ठेक्काको निर्माण कार्य सम्पन्न गर्न विभिन्न समयमा लिखित तथा मौखिक ताकेता गरिएको थियो।
तर यसरी ताकेता गर्दा समेत हालसम्म पनि निर्माण कार्य सम्पन्न गर्न कुनै तदारुकता नदेखाएकाले ठेक्का तोड्न लागिएको संस्थानले जनाएको छ।
संस्थानले कम्पनीलाई सूचना प्रकाशित मितिले ७ दिनभित्र किन कारवाही गरी कालोसूचीमा नराख्ने ? सो को स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ।
साथै, निर्माण कार्य सुरु गरी कार्य सम्पन्न गर्ने सुनिश्चितता एवं संशोधित कार्य तालिकासहित अनिवार्य कार्यालयमा उपस्थित हुन समेत संस्थानले आग्रह गरेको छ।