बैतडी। कात्तिक पहिलो साता परेको बेमौसमी वर्षाका कारण नदीमा आएको बाढीले पुल बगाएपछि सिगास गाउँपालिका वडा नं. ६ र ७ का बासिन्दाले काठे पुल निर्माण गरेका छन्। सो गाउँपालिका स्थित न्वाघरी गाड नदीमा बनाइएको आरसीसी पुल बाढीले बगाए पछि स्थानीयले २ वटा काठेपुल निर्माण गरेका हुन्।
उक्त नदीबाट आवत जावत गर्नको लागि हालको लागि अन्य व्यवस्था नभएको कारणले गर्दा नदीमाथि काठेपुल निर्माण गरीएको कुरा सिगास गाउँपालिका–६ का एक स्थानीयले जानकारी दिएका छन्। पुल बगाएपछि विधार्थीहरुलाई विधालय जान आउन साथै अन्य सामाग्रीहरु खरिद गर्न जानको लागि समस्या भएकाले हालका लागि सो योजनालाई अगाडी बढाएको कुरा उनले बताएका छन्। सो नदीको २ ठाउँमा भएको आरसीसी पुल बगाएपछि दुबै ठाउँमा काठे पुल निर्माण गरिएको हो। त्यहाँको वडा नंं ७ अन्तर्गत का विधार्थीहरु गणेश माविमा आउने बाटोमा पर्ने पुल बाढीले बगाएको कारणले गर्दा स्थानीय मिलेर काठे पुल निर्माण गरेका हुन्।
हाल सोही काठेपुलबाट आवत जावत भइरहेको छ। नदीमा पुल नहुँदा विद्यालय, कार्यलय, स्वास्थ्य चौकी जान साथै खाद्यान्न सामाग्री ढुवानिको लागि पनि समस्या भएको कारणले हालका लागि काठेपुल निर्माण गरीएको त्यहाँको स्थानीयको भनाई रहेको छ। पुल निर्माण भएपछि आवत जावतमा केहि मात्रामा सहज भएको उनिहरुले बताएका छन्।