काठमाडौं। निजि घर निर्माण गर्दा सडकपेटीमा फोहोर गर्नेलाई काठमाडौं महानगरपालिकाले जरिवाना लगाएको छ। काठमाडौं महानगरपालिकाले काठमाडौं–९ का सानोकान्छा भारतीलाई १० हजार जरिवाना गरेको हो।
महानगरपालिकाकाले नगर प्रहरी मार्फत जरिवाना असुल गरेको जनाएको छ।
घर निर्माण गर्दा उत्पादित फोहोर सडक पेटीमा फालेको भन्दै महानगरपालिकाले प्रशासनिक दण्ड जरिबाना अन्तर्गत भारतीलाई १० हजार नगद रुपैयाँ तिराएको हो।
महानगरपालिकाले बिहीबार नै कालिमाटीका सीपचन्द्र मण्डललाई पनि २ हजार जरिवाना गरेको छ । सार्वजनिक स्थानमा फोहोर फालेको भन्दै उनलाई महानगरले जरिबाना तिराएको हो ।